
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
१६ श्रावन २०७८, शनिवार
मलेसियामा कोराना सक्रमणवाट फेरी अर्का एक नेपालीको मृत्यु भएको छ । झापा जिल्ला अर्जुनधाराका (खुदुनावारी २) घर भई मलेसियाको मलक्कामा अवैधानिक अवस्थामा रहेर कामगर्दे आएका ३४ वर्षका प्रदिप कुमार पिठाकोटिको शनिवार मृत्यु भएको हो ।
एक हप्ता अगाडि मात्रै प्रदिपलाई कोरोना सक्रमण देखिएको थियो । सक्रमण देखिएपछि उनी होस्टलमै क्वारेन्टाईनमा वस्दै आएकोमा आज विहान मृत्यु भएको हो ।
चार वर्ष अगाडि रोजगारीको लागि मलेसियामा रहेको अहोरा अप्टिकलमा रोजगारीका आएका प्रदिप आएको केहि समय पछाडि नै कम्पनी छाडेर अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए । उनी रोजगारीको लागि टान्सवल्ड मेनपावर कम्पनी मार्फत रोजगारीको लागि मलेसिया आएका हुन ।
मलेसियामा अहिले दिनप्रतिदिन कोराना सक्रमितहरु थपिदै गैरहेको छ । मलेसियामा रहेका कम्पनीहरुले कारोना सक्रमण देखिएकाहरुलाई अस्पतालमा लगेर भर्ना गराईदिनुको साटो होस्टलमै राख्ने गरेको तथ्थाकहरुले देखाउन थालेको छ । कम्पनीहरुले चौध दिनको क्वारेन्टाईन भन्दै वस्नुपर्दा उनीहरु अस्पतालसम्म जान सकिरहेका छैनन ।
कारोना सक्रमणवाट मृत्युहुनेहरु अधिकाशंको होस्टलमै मृत्यु भैरहेको छ । यसमा सम्वन्धित निकायले ध्यान दिनु आवश्यक भएको भएको छ ।