
१६ श्रावन २०७८, शनिवार
स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन्। पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए।
जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका नौ हजार ३४१ र नयाँ सदस्यता १० हजार आठ गरी कूल १९ हजार ३४९ रहेका छन्।
सबैभन्दा धेरै वालिङ नगरपालिकामा चार हजार ३८५, र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् । वालिङमा नयाँ दुई हजार २३९, पुतलीबजारमा एक हजार ६१०, चापाकोटमा एक हजार ३५१, गल्याङमा एक हजार १७१, भिरकोट नगरपालिकामा एक हजार ८० थपिएका हुन् ।
त्यस्तै कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा चार हजार ३८५, पुतलीबजारमा तीन हजार १५९, चापाकोटमा दुई हजार ४१५, गल्याङमा दुई हजार ३८१, भिरकोटमा एक हजार ९६० रहेका छन् ।
त्यस्तै कालीगण्डकीमा एक हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् ।