
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
१५ श्रावन २०७८, शुक्रवार
मलेसियामा दुईदिनको अवधिमा ६ जना नेपालीको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
विहिवार र शुक्रवार गरेर ६ जना नेपालीहरुको मृत्यु भएको हो ।
कोरोना सक्रमणवाट शुक्रवार साझँ करीव ५ बजे तिर झापामा एक युवकको मृत्यु भएको छ ।
गौरीगन्ज गाउँपालिका वडा नम्वर तीन घर भई मलेसियामा कार्यरत खेमराज कार्किको आज मृत्यु भएको हो ।
मलेसियाको नोभा सेल्ड एसडिएन विएचडि कम्पनीमा सेक्युरिटि गार्डको रुपमा कार्यरत कार्किलाई केहि दिन अगाडि कोरोना सक्रमण देखिएको थियो । कम्पनीले थप उपचारको लागि २७ तारिखका दिन सुगाईवुलोमा उपचारको लागि भर्ना गरेकामा आज शुक्रवार साझँ मृत्यु भएको हो ।
करीव साढे तीन वर्ष अगाडि रोजगारीका लागि मलेसिया गएका कार्किको परिवार एक छोरा एक छोरी रहेका छन ।
मृतक कार्किको शव पोस्टमार्टको लागि अस्पतालमै राखिएको छ । कार्कि तीन वर्ष अगाडि द रिभर ओभरसिज मार्फत रोजगारीको लागि मलेसिया आएका थिए ।
यो पनि पढनुहोस
मलेसियामा कोरोना सक्रमणवाट मोरङका एक नेपालीको मृत्यु
मलेसियामा कोराना सक्रमणवाट सुर्खेतका एक नेपालीको शुक्रवार विहान मृत्यु
कोरोना सक्रमणवाट मलेसियामा कपिलवस्तुका एक नेपालीको मृत्यु