दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१५ श्रावन २०७८, शुक्रवार

मलेसियामा फेरी अर्का नेपालीको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।

मोरङ पथरी शनिश्चरे २ घर भई मलेसियामा सेक्युरिटमा कार्यरत वालकृष्ण नेपाली को कोरोना सक्रमणका कारण मृत्यु भएको हो ।

मलेसियाको टिएस एस सेक्रेटरी कम्पनीमा कार्यरत रहेका वालकृष्णलाई केहि दिन अगाडि मात्रै कोरोना सक्रमण देखिएको थियो ।

उपचारको लागि कम्पनीले काजाङको सरकारी अस्पतालमा लगेर उपचार गराई रहेको थियो ।

उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । वालकृष्ण मोविरा एचआरसर्विस प्राली मार्फत रोजगारीको लागि मलेसिया आएका थिए ।

आज विहान मात्रै कोरोना सक्रमणवाट सुर्खेतका वम वहादुर खडका र हिजो कपिलवस्तुका मनि कृष्ण चन्द्र वोहोराको मृत्यु भएको थियो ।

यो पनि पढनुहोस

मलेसियामा कोराना सक्रमणवाट सुर्खेतका एक नेपालीको शुक्रवार विहान मृत्यु

कोरोना सक्रमणवाट मलेसियामा कपिलवस्तुका एक नेपालीको मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित खवर