१५ श्रावन २०७८, शुक्रवार

मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको शुक्रवार विहान मृत्यु भएको छ ।  सुर्खेत घर भई मलेसियाको रेभिन्यु आईकन सेक्युरिटि कम्पनीमा कार्यरत वम वहादुर खडकाको मृत्यु भएको हो ।

गत जुलाई २३ तारिखमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । क्वालालम्पुरको आमपाङमा रहेको होस्टलमै उनको मृत्यु भएको हो । यो समाचार तयारपार्दा सम्म शव होस्टलमै रहेको छ । तीन दिन अगाडि देखि वमको स्वास्थ अवस्था जटिल वन्दै गैरहेको थियो । कम्पनीले वेवास्था गरेको कारण यस्तो अवस्था आएको कम्पनीमा काम गर्ने साथीहरुले जनाएका छन ।
उनी सगै काम गर्ने अन्य पाँच जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सवैजना होस्टल क्वारेन्टाईनमा वसिरहेका छन ।
वम रोजगारीको सिलसिलामा ८ वर्ष देखि मलेसियामा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर