१४ श्रावन २०७८, बिहिवार

निषेधाज्ञा खुकुलो भएसगै देशभर नै कोरोना सक्रमणवढन थालेको छ ।

सरकारले केहि जिल्लालाई  अति उच्च जोखिम क्षेत्रमा राखेको छ। काठमाण्डौ ललितपुर,भक्तपुर झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्।
यसैगरी मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ पनि उच्च जोखिमा छन ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ । होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्।
अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष ९आईसीयू०मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा परीक्षण गरेका हरेक तीनमध्ये दुई जनामा संक्रमण पुष्टि हुने गरेको छ।
मुलुकमा विभिन्न समयमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट बढी देखिएको छ। अहिलेसम्मका भाइरसमध्ये डेल्टा भेरियन्ट छिटो फैलने र बढी संक्रामक पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ वटा नमुनाको परीक्षण गर्दा डेल्टा भेरियन्ट पुष्टि भएको छ।निषेधाज्ञा खुलेपछिको लापरवाहीले लुम्बिनी प्रदेशका पाँच जिल्ला कोरोना संक्रमणको ‘रेड जोन’मा रहेका छन ।

कपिलवस्तु, प्यूठान, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको हो। यहाँ सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि पुगेको छ। अर्घाखाँचीमा संक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। प्यूठानमा संक्रिय संक्रमित २ सय ९ जना छन्।
पाल्पामा अहिले पनि ३ सय ११ जना सक्रमित छन्। पाल्पामा १५ दिन अवधीमा ८ जनाको मृत्यु भएको छ। धनुषामा ५८, महोत्तरीमा ३९, रौतहटमा ३२ र सिरहामा २७ जना संक्रमित थपिएका छन्। सुदूरपश्चिममा ४सय६८ जना सक्रिय संक्रमित रहेका छन ।
कैलालीमा २३२, कञ्चनपुरमा ९७, डडेलधुरामा ५२, बैतडीमा ३१, दार्चुलामा २५, अछाममा १०, बझाङमा ८, डोटीमा ७ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेको छन ।
झापामा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । झापामा पछिल्लो १५ दिनमा ३२ सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। तीमध्ये ५५ जनाको मृत्यु भएको छ ।
खुकुलो भएको वहानामा आम सर्वसाधारणले स्वास्थका मापदण्डहरु पालना नर्गर्ने हो र सरकारले पनि उचित कदम नचाल्ने हो भने तेस्रो लहर नेपालमा निकै वढ्ने र खतरा हुने स्वास्थविज्ञहरुले वताउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर