
२०७८ श्रावण १३, बुधबार
अर्थमन्त्रि जर्नादन शर्मा र दक्षिकोरीयाका राजदुतपार्क चोङ सुक विच आज शिष्टाचार भेट भएको छ ।
भेटेका क्रममा राजदुतपार्क चोङ सुक ले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरुलाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका छन् ।
बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । उनले नेपालीहरुको मेहनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी गराए ।