१३ श्रावन २०७८, बुधवार

विदेशमा वसेर नेपालमा सुन तस्करी गर्नेहरु पुन सल्वलाउन थालेका छन ।

यसमा सामान्य ब्यापारी देखि तस्करहरुको ठुलो गिरोह नै सक्रिय रहेको प्रहरीको अनुमान छ ।
पछिल्लो समयमा दुबईबाट काठमाडौं आएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो मंगलवार हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई सुन जस्तो देखिने शंकास्पद धातु ल्याएको आरोपमा विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
परियारले १ किलो १६५ ग्राम सुन जस्तो देखिने पहेलो धातु ल्याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारले ल्याएको कफि मेकरमा शंकास्पद वस्तु रहेको पत्ता लागेको थियो । उक्त कफि मेकर खोलेर हेर्दा फलामे कप आकारको ३ वटा पत्रले बनेको वस्तु भेटिएको थियो ।

यसअघि २० बैशाख २०७८ दुबईबाट काठमाडौं आएका पाँच नेपाली सुन तस्करीको आरोपमा पक्राउ परेका थिए।
स्पिकरमा अवैध रूपमा १ किलो ३ सय ९१ ग्राम सुन लुकाएर ल्याउँदै गर्दा काठमाडौं विमानस्थलबाटै पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर