
१३ श्रावन २०७८, बुधवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार र अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।
कामदार र विद्यार्थीहरुले प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।
खोप लगाउनु अघि पासपोर्ट, श्रम स्वीकृति र भिसा अनिवार्य रुपमा देखाउनुपर्ने छ ।