१२ श्रावन २०७८, मंगलवार

विभिन्न देशबाट बेखर्ची भइ स्वदेश फर्किएका, जेलमुक्त भइ आएका तथा डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका नेपालीहरुको क्वारेन्टाइन खर्च सरकारले गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भइ फर्किएका नेपाली कामदारहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले व्यहोर्नेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर