११ श्रावन २०७८, सोमवार

https://amzn.to/4myfPN5

जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि रेशम चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् । उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोग पुगेका रेशम चौधरीले पत्रकारहरुसंग कुरा गर्दै “कारागारबाट किन यहाँ आउनुपर्‍यो नेताहरुलाई सोध्छु” भने । चौधरीलाई पत्रकारहरुले कसको पक्षमा मतदान गर्नु हुन्छ भन्ने प्रश्नमा उनले “पहिले महन्थ ठाकुर र त्यसपछी यादवालाऐ भेट्ने” बताए ।

जसपामा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगले आज कार्यकारिणी सदस्यलाई सनाखत (हेड काउन्ट) का लागि लागि आयोग बोलाएको थियो ।

त्यसैका लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका थिए । तर उनी तटस्थ बसेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर