११ श्रावन २०७८, सोमवार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका एक हप्ताको लागि वन्द हुने भएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष ६१ वर्षीय इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि एक हप्ताको लागि नगरपालिका बन्द गरिएको छ।

सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमाआइतबार मृत्यु भएको थियो ।

नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपािलकामा ३ जना गरी ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर