११ श्रावन २०७८, सोमवार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सबै स्थानीयवासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।

https://amzn.to/4myfPN5

असोज सम्म सवैको गरिने भएपनि हाललाई दलित र एकल महिलावाट कार्यक्रमको शुरुवात गरिएको छ ।
‘निरोगी कालीगण्डकी कार्यक्रम’अन्तर्गत स्थानियवासी सवै नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा उपभोग गर्न पाउने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।
आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा समावेश यो कार्यक्रमलाई गाउँसभाले पारित गरेको थियो ।

गाउँपालिकाका झन्डै ७ सय घरधुरी रहेको छ । स्वास्थविमाको लागि करीव दुई करोड वार्षिक खर्च हुने गाउँपालिकाको अनुमान छन । अहिले करीव २८ हजार जनसख्या पुगेको गाउँपालिकाको अनुमान छ ।

स्वास्थविमा भएका अस्पतालबाट १ लाखसम्मको उपचारका खर्च निशुल्क हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर