रामचन्द्र नेपाल/ काठमाण्डौ
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१० श्रावन २०७८, आइतवार

मलेसिया आएको केहि समय पछि देखि नै जंगल तथा पुराना तथा फालिएका घरमा जीवन गुजार्दै आएका  तीलपुर ८ नवलपरासीका परशुराम वरई शनिवार नेपाल आईपुगेका छन ।
रोजगारीको लागि मलेसियाको रावाङ नजिकै केसुमामा रहेको एलवि आल्मुनियम कम्पनीमा पुगेको वताउने परशुराम छ महिनामै कम्पनीमा झगडा गरेर कम्पनी छाडेर हिडेका थिए ।
कम्पनी छाडेपछि नै उनको मानसिक सन्तुलन विग्रिएको थियो । केहि समय अगाडि मलेसियाका समाजसेवि पुर्ण लिम्वुले उनलाई देखेपछि उनको उद्धार प्रकृया शुरु भएको थियो ।
परशुरामलाई १३ अप्रिल २०२१ मा पुर्ण लिम्बू , प्रकाश खतिवडा र ईश्वर राईले उद्धार गरि नेपाली दुतावास, मलेसिया क्वालालम्पुरमा पुरयाएका थिए ।
नेपालमा उडानहरु हुन नसकेको अवस्थामा दुतावासकै सल्लाह वमोजिम गोर्खा सोसाइटीद्वारा संचालित सेल्टर हाउस रावाङमा पुर्ण लिम्बूको जिम्मेवारीमा परशुराम वसेका थिए ।
मानसिकरुपमा अस्वस्थ अवस्थामा रहेका उनी मानिसहरुसंग बस्न नरुचाउने, खान नरुचाउने र बोल्दै गर्दा घरी घरी अपत्यारीलो कुराहरु गर्दा आफुलाई पनि वेला वेलामा समस्या आईपरेको पुर्ण लिम्वुले वताए । वेला वेलामा उनी एकोहोरो किसिमले कता जान्थे थाहा नै पाउन सकिदैनन्थो कहिले काहिँ त अर्काेदिनमा समेत खोजेर ल्याउनु पर्दथ्यो लिम्वुले भने ।
नेपालवाट नियमित उडान हुन थालेपछि अध्यागमनको आवश्यक प्रकृया पुरयाएर परशुराम शनिवार नेपाल आईपुगेका छन । उनलाई नेपाल सम्म आउनको लागि एनआरएनले हवाईटिकट उपलब्ध गराएको थियो ।

परशुराम वोल्न रुचाउदैनन उनलाई हामिले सोध्यो यस्तो डरलाग्दो ठाउँमा किन वसेको डर लाग्दैन अनि खाना कसरी र कस्ले दिन्छ त उनको जवाफ थियो किन डर मान्नु डर मान्ने के कारण छ र ? खाना त जस्ले पनि दिन्छ नी नदिएर हुन्छ र । उनले यस्तैयस्तै जवाफ दिन्थे ।

परशुरामलाई खोज्न उनका भाई संजय वरई पनि एक वर्ष अघि मलेसिया आएका थिए तर दाईलाई भेटाउन सकेका थिएनन । परशुरामको परिवार परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन । उनी मलेसिया आउनु भन्दा अगाडि गाउँमै ठेक्का पटटा गर्ने र निकै रमाईलो रहेको भाई सजय वताउछन ।

त्यस्तै मलेसियाको कानुनी प्रकृया तथा नेपालमा सेल्टरको सर्पाेट पिएनसिसि संस्थाले गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर