
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
९ श्रावन २०७८, शनिवार
हाल सम्मकै सवैभन्दा धेरैमा कोरोना सक्रमण देखिएको छ ।
मलेसियामा आज १५ हजार ९सय २ जना नयाँ कोरोनाका सक्रमित थपिएका छन ।
आज १८४ जनाको मृत्यु भएको छ । अहिले सम्म कोरोनावाट ७ हजार ९ सय २ जनाको मृत्यु भैसकेको छ ।
मलेसियामा हाल सम्म ९ लाख ९ ६ हजार ३ सय ९३ जना कोरोना सक्रमित भैसकेको छन ।
यसैगरी ८ लाख ३४ हजार ८ सय ५८ जनाको सक्रमणलाई जितेका छन ।
मलेसियामा करीव दुई महिना देखि लकडाउन चलिरहेको छ ।
सरकारले विभिन्न उपाय अपनाएर कारोना नियन्त्रण गर्न खोजीरहेको भएपनि सफलता भने पाउन सकेको छैन ।