९ श्रावन २०७८, शनिवार
नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ । बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।