
रामचन्द्र नेपाल/काठमाण्डौ
दिनेश खड्का खप्तडि /क्वालालम्पुर
९ श्रावन २०७८, शनिवार
मलेसियावाट आज एकैदन २४ वटा शव र ३ अस्तु नेपाल आएको छ । कोरोनाको कारण गत वैशाख देखि नै मलेसियामा हवाई उडानहरु वन्द रहेका थिए । मलेसियामा हवाई उडान नखोल्दा रोकिएका शवहरु आज नेपाल आएका हुन ।
नेपाली दुतावास मलेसियाका प्रशासनिक अधिकृत प्रतिक कार्किका अनुसार आज सवै नेपाल एयरलाइन्सको वाईडवडि विमान मार्फत नेपाल पठाईएको हो ।
त्रिभुवन अन्तराष्टिय विमानस्थल विहानको दृश्य निकै कहाली लाग्दो थियो । कसैले कसैलाई पनि संझाउन सक्ने अवस्थामा थिएन । शवहरुको पहिचान गर्न समेत गाह्रो भएको थियो ।
आज आएका शवहरु मध्ये कम्पनीमा कामगर्दा दुर्घटनामा परेको १ जना ६ जना झुण्डिएर आत्महत्या गरेका र वाकि अन्य विभिन्न कारणवाट निधन भएको थियो । तीनवटा अस्तु मध्ये दुईवटा कोरोना सक्रमित भएर मृत्यु भएको थियो । अर्का एक जनाले मलेसियामै आत्महत्या गरेका थिए उनको मलेसियामै दाहसंस्कार गरिएको थियो र उनको अस्तुपनि नेपाल ल्याईएको हो ।
आज आएका शवहरुमध्ये झापाजिल्लाको ३ वटा नबलपरासीका २ वटा र सिरहाका २ र अन्य विभिन्न जिल्लाको एकएकवाट रहेका छन ।
आज आएका शवहरु मध्ये पाल्पाका एम वहादुर सुनारी,वर्दियाका मनिराम चौधरी,वाराका राम वहादुर कामु,जाजरकोटका सन्दिप विक,वाग्लुङ्का सुनिल विसि,तनहँका झपट वहादुर थापा,पाचँथरका दल वहादुर लावती,ललीतपुरका जीत वहादुर मोक्तान,खोटागका कृष्ण कुमार राई,को रहेको छ ।
यसैगरी सल्यानका वुद्धिराम कामि, सुनसरीका होप वहादुर गुरुङ ,ओखलढुगाका सोम वहादुर तामाङ ,सिन्धुपाल्चोकका अमर वहादुर माझि,,वैतडिका कर्ण वहादुर भण्डारी सिराहाका रुपेश पुलामि मगर,कपिलवस्तुका श्याम थारु,,झापाका शभु विक र मोरङकि कमलादेवि भण्डारी रहेकि छिन ।
यस्तैगरी दैलेखका लोक वहादुर शाहि,झापाका लोक वहादुर लावती,नवलपरासीका मोती तामाङ ,ओखलढुगाका लक्ष्मण तामाङ, झापाका गोविन्द वोहोरा र सर्लाहिका राज कुमार रायको रहेको छ ।
यसैगरी नवलपरासीका मोहन प्रसाद चौधरी,सिराहाका रोशन कुमार यादव र डडेलधुराका मिन वहादुर विष्टको रहेको छ ।
यस अघि नेपाली जनसम्पर्क समितिले मलेसियामा मृत्यु भएका शवहरु तत्काल नेपाल फर्काउन सरकारसँग माग गरेको थियो । नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले शव तत्काल नेपाल फर्काएर परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाइदिन सरकारसँग पहल गरिदिन नेपाली कांग्रेस केन्दीय कार्यालयमार्फत आग्रह समेत गरेका छन् ।
लामो समय देखि मलेसियामा नियमित उठान नहुदा शवहरु मलेसियामै रहेका थिए ।
यो पनि पढनु होस
५२ शव मलेसियामा अलपत्र, स्वदेश पठाउने पहल गर्न जनसम्पर्क समिति मलेसियाको आग्रह