
९ श्रावन २०७८, शनिवार
आजबाट लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधनहरु चल्न शुरु गरेका छन ।
कोरोना भाइरसको दोस्रो लहर आएसँगै निषेधाज्ञा जारी गरिएपछि यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो। काठमाण्डौवाट नेपालगन्ज,वुटवल,काकरभित्ता,पोखरा,महेन्द्रनगरका सवारी साधनहरु छुटेको विभिन्न यातायात सन्चालकहरुले जानकारी गराएका छन ।
त्यस्तै यातायात खुलेपछि काठमाण्डौ वसपार्कमा चहलपहल वढेको छ । पोखरावाट पनि विभिन्न जिल्लाका लागि यातायातहरु छुटेका छन ।
सरकारले आजदेखि अन्तर जिल्ला र अन्तर प्रदेशमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दूरीका यातायात सञ्चालन गर्न दिने हिजो निर्णय गरेको थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साथै लामो दूरीका सवारी साधनका लागि काउन्टरबाट मात्रै टिकट काट्न सचेत गराएको छ।