दिनेश खड्का खप्तडि
क्वालालम्पुर

९ श्रावन २०७८, शनिवार

रोजगारीको लागि मलेसिया पुगेका २६ नेपालीहरु आज(शनिवार) नेपाल आउदैछन ।

मलेसियामा पुगेको अवस्थामा मलेसियाको कानुन उलंघन गरेको अभियोगमा उनीहरु जेल परेको थिए । मलेसियामा नियम अनुसार केहि अपराध गरेको खण्डमा शुरुको सात दिन सम्म स्थानिय वलाई प्रहरीमा राखिन्छ । वलाईवाट निस्कन मिल्ने जस्तो रहेछ भने त्यहिवाट निस्कन पाईन्छ । त्यसपछि अदालतमा लगिन्छ ।

अदालतमा पुगेपछि जेलको सजाय हुन्छ । जेलको सजाय अवधि सकिएपछि डिटेन्सन क्याम्पमा लगिन्छ जहाँवाट मात्रै स्वदेश आउन सकिने ब्यवस्था छ ।
आज मलेसियाको पेनाङ् रहेको जुरु क्याम्पवाट १३ जना,सेमेन्तारा रेलाउ क्याम्पवाट १० जना र केलानतान क्याम्पवाट ३ जना नेपालीहरु नेपाल आउने भएका हुन ।
नेपाली दुतावास क्वालालम्पुरका अनुसार उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आयो भने मात्रै स्वदेश आउन संभव हुनेछ ।
पेनागको जुरु क्याम्पवाट सिन्धुलीका डिल वहादुर वम्जन,ताप्लेजुङ धिरज केदेम लिम्वु,धादिङका सन्तोष थापा,ईलामका चित्र वहादुर केसि,खोटाङका राजन खत्री,महोत्तरीका सरोज कुमार ठाकुर,पाचँथरका हस्त वहादुर खडका,भोजपुरका शंकर विष्ट,काभ्रेका विक्रम तामाङ,मोरगका कमल निरौला,काठमाण्डौका घनश्याम घिमिरे,काभ्रेका वलराम दनुवार,सिन्धुपाल्चोकका आशिष तामाङ रहेका             छन ।

यसैगरी सेमिन्तारा रेलाउमा रहेका मध्ये दश जना पनि आजै नेपाल फर्कदै छन । सप्तरीका अरुण कुमार चौधरी,सुनसरीका श्याम कुमार शर्मा,शंखुवासभाका मन वहादुर लिम्वु,मकवानपुरका जवर सिं वाईवा,पर्साका अशोक राम,ओखलढुगाका खोप वहादुर,पाँचथरका यम वहादुर चौहान,सप्तरीका दिपेन्द्र मण्डल,नवलपरासीका इश्लाम हुसेन,म्याग्दिका नरेश सुवेदी रहेका छन ।

यसैगरी केलनताङ क्याम्पवाट आज तीन जना नेपालीहरु स्वदेश फर्कदैछन । जसमा धादिङका डम्वर मगर,नवलपरासीका सकिल अहमत कुजडा र कैलालीका भुवन सि थापा रहेका छन ।

मलेसियामा रहेको गैर आवासिय नेपाली संघ (एनआरएनए) प्रवासी नेपाली समन्वय समिति(पिएनसिसि) तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा उनीहरु नेपाल आउन लागेका हुन । नेपाल फर्केपछि उनीहरु सात दिन सम्म होटल क्वारेन्टाईनमा वस्नेछन ।

मलेसियाका जेलवाट फर्कनेहरुलाई मलेसियाले पाँच वर्ष सम्मको लागि ब्ल्याक लिष्टमा राख्ने गर्दछ । जसको कारण पाँच वर्ष सम्म रोजगारीको लागि जान भने वन्देज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर