
दिनेश खड्का खप्तडि /क्वालालम्पुर
८ श्रावन २०७८, शुक्रवार
जनउद्धार केन्द्र मलेसियाले एक नेपालीको उद्धार गरेको छ । नवलपरासी जिल्लाको साविक हरपुर ५ का घर भई मलेसियामा कार्यरत ४० बर्षिय हरिश चन्द्र केवटको उद्धार गरिएको हो ।
अवैधानिक अवस्थामा रहेका केवट मलेसियाको मलक्का राज्यमा काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनलाई प्यारालाईसिसि रोगले पिडित वनाएको थियो ।
अवैधानिक त्यसमाथि प्यारालाईसिसले च्यापैपछि उनि झनभन्दा झन थलिदै जान थालेका थिए । यसैक्रममा नेपालमा रहेको परिवारहरु जनउद्धार केन्द्रको सम्पर्कमा आएर केवटको उद्धार गरिदिन अपिल गरेपछि उनी आज हिमालयन एयरलाइन्स मार्फत नेपाल फर्किएका हुन । यतिवेला मलेसियामा लकडाउन छ त्यो अवस्थामा पनि केन्द्रले निकै ठुलो गुन लगाएको कम्पनीमा कार्यरत नेपालीहरुले वताएका छन ।
कम्पनीले उपचार गराउने वहानामा नेपालमा परिवार संग पैसा मगाएको थियो भने नेपाल पठाउन आनाकानी गरिरहेको थियो । यस्तो अवस्थामा हामिले निकै मेहनतका साथ केटवलाई आज नेपाल पठाउन सफल भएका छौ अध्यक्ष केशुथापाले राष्टडेली संग भने ।
जनउद्धार केन्द्रले स्थापनाकाल देखि नै बिरामी अवस्थाका ,अलपत्र परेका, अबैधानिक र जेल जीवन विताईरहेका धेरै नेपालीहरुलको उद्धार गर्दै आईरहेको छ ।