
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
८ श्रावन २०७८, शुक्रवार
मलेसियामा आज १५ हजार ५ सय ७३ जना नयाँ कोरोनाका सक्रमित थपिएका छन ।
यसैगरी आज १४४ जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा हाल सम्म ९ लाख ८० हजार ४ सय ९१ जना कोरोना सक्रमित भैसकेको छन । यसैगरी ८ लाख २५ हजार ३ सय ८७ जनाको सक्रमणलाई जितेका छन ।
आज मात्रै १० हजार ९४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन ।
अहिले मलेसियामा १ लाख ४७ हजार ३ सय ८६ जना सक्रिय सक्रमित छन जसमध्ये ५ हजार ३ सय ३५ जनाको विभिन्न अस्पताल तथा आईसोलेसन केन्द्रहरुमा उपचार भैरहेको छ ।
अहिले सम्म कोरोनावाट ७ हजार ७ सय १८ जनाको मृत्यु भैसकेको छ ।
मलेसियामा करीव दुई महिना देखि लकडाउन चलिरहेको छ । सरकारले विभिन्न उपाय अपनाएर कारोना नियन्त्रण गर्न खोजीरहेको भएपनि सफलता भने पाउन सकेको छैन ।