नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति परिवर्तन नगर्ने गरी कार्यतालिका हेरफेर गर्ने भएको छ ।

शुक्रबार बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

https://amzn.to/4myfPN5

बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ ।

क्रियाशील सदस्यताका विषयमा चर्को असन्तुष्टी बढेपछि सभापति शेरबहादुर देउवाले सदस्यता टुंगो लगाउने मिति साउन ३० बाट बढाएर भदौ १०गतेसम्म थप गरेका हुन् ।

बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी धर्नामा बसेका पार्टीका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेस पदाधिकारी बैठक भोलि बिहान ९ बजे पुनः बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर