
पाल्पाजिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं। ६ ठिमुरेका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ठिमुरेका ३५ वर्षीय चिरन्जीवि राना घर नजिकैको खोल्सामा शुक्रबार बिहान साढे ६ बजे मृत फेला परेको प्रहरीले जनाएको छ ।
राना बिहीबार दिउँशो साढे २ बजेतिर सोत्तर लिन भनी घरबाट जंगलतर्फ लागेको तर घर नफर्किए पछि खोजी कार्य जारी राखिएको थियो ।
खोजि गर्दै जाने क्रममा शुक्रबार राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
उहाँले घटनाका बारेमा थप अनुसन्धान कार्य भईरहेको बताउनुभयो ।
रानाको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरी र स्थानीयले अनुमान लगाएका छन् ।