स्याङ्जामा पुनः १५ दिने निषेधाज्ञा थप भएको छ।

निषेधाज्ञालाई थप गर्दै साउन २२ गतेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी आदेशमा उल्लेख छ।

स्याङ्जामा केही दिनअघि मात्र कोरोना संक्रमितमा नयाँ भेरियन्ट फेला परेको थियो। कालीगण्डकी गाउँपालिकाका

१४ र ६० वर्षीय दुई पुरुषमा कोरोनाको डेल्टा भेरियन्ट देखिएको हो।

हाल जारी निषेधाज्ञामा प्रायजसोमा भीडभाड नगर्नै गरी संचालन गर्न सकिने गरी केही खुकुलो बनाइएको छ।

यसैगरी, गण्डकी प्रादेशिक कार्यालय पोखराको अनुसार स्याङजामा हाल सम्म ४ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।

ती मध्ये ४ हजार ५ सय ३८ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १ सय ४६ छ। कोरोनाका कारण १ सय २२ जनाको मृत्यु भएको प्रादेशिक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर