
७ श्रावन २०७८, बिहिवार
चीनबाट आज ८ लाख डोज भेरोसेल खोप आज नेपाल आउदैछ ।
हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाज काठमाण्डौ आएपछि फेरी दोश्रोपटक पनि लिन आजै जानेछ ।
यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।
चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।
केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अघि अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो ।