६ श्रावन २०७८, बुधवार

काठमाडौँ, ६ साउन । नेकपा (एमाले) केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।

https://amzn.to/4myfPN5

 एमाले केन्द्रीय कमिटीको १०औँ बैठक सकिएको पार्टीका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले १२ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ/

हेरौ निर्णयहरु

१. पार्टी तथा सरकारको बारेमा अदालतको निर्णय गैरसंवैधानिक भएको, विमती रहेको तथा पूर्ण रुपमा कार्यान्वयन गर्ने,
२. सर्वोच्च अदालतले गैर संवैधानिक तथा विश्वमा नै कहि नभएको फैसलाई गरी परमादेश जारी गरी प्रधानमन्त्री नियुक्त गरको विषयमा जनताको माझमा लाने प्रस्ताव पारित,
३. एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ४१ महिनाको संक्षिप्त समिक्षा,
४. घेरावन्दीको बीचमा ऐतिहासिक काम गरेको, संविधानको कार्यान्यवयन, नयाँ नक्सा जारी गरेको, खोपको सुनिश्चित गरेको लगायतका एमालेको सरकारले गरेको उपलब्धीलाई जनताको माझ लैजाने,
५. प्रतिपक्षीको भूमिकाको बारेमा आगामी दिनको रणनीति तयार गरेको, गठबन्धनको सरकारलाई गैरसंवैधानीक रुपमा अगाडी बढ्न नदिने,
६. जनताको सरोकारको विषयलाई पार्टी गंभिरताका साथ अगाडी बढ्ने, पार्टीको पक्षमा दृढताका साथ अगाडी बढ्न आह्वान,
७. राष्ट्रिय राजनीतिमा पुनः बहुमतका साथ फर्कने, पार्टीको आन्तरिक एकतालाई अन्तिमसम्म प्रयास गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउने जस्तोसुकै कदम उठाउने,
८. केन्द्रीय कमिटीको बैठक भोली तीन बजे पुन बस्ने,
९. वीपी कोइरालाप्रति श्रद्धा सुमन व्यक्त,
१०. संविधानको धारा ६७ को उपधारा ५ को निर्दलीय व्यवस्थालाई सच्याउन संविधान संशोधनको लागि आवश्यकता अनुसार पहल गर्ने,
११. भोली पुष्पलाल स्मृति दिवस कार्यक्रम विशेष कार्यक्रम गरी मनाउने,
१२. माधव कुमार नेपाल समूहलाई सोधीएको स्पष्टिकरणको विषयमा भोलीको बैठकले उचित निर्णय लिने ।

प्रतिक्रिया

सम्बन्धित खवर