६ श्रावन २०७८, बुधवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टिकरण पत्र पठाएका छन् ।
साउन ४ गतेको मिति राखेर पठाइएको पत्रमा पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको उल्लेख गरिएको छ । पत्रमा चित्त बुझ्दो जवाफ नआए थप कारवाही समेत गरिने उल्लेख गरिएको छ ।
माधव नेपाल सहित २२ जनालाई सोधिएको स्पष्टिकरणमा पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण अनैतिक , अलोकतान्त्रिक कार्य के कति कारणले गर्नुभया भनेर प्रश्न सोधिएको छ ।