६ श्रावन २०७८, बुधवार

पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।  १२ हजार ६ सय १६ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ हजार ९ सय १८ र एन्टिजेन विधीबाट ३ हजार ९ सय १ जनाको परीक्षण गर्दा ९ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो अवधिमा ३० जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ४ सय ७५ डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर