६ श्रावन २०७८, बुधवार

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्रीहरु केहि दिनदेखि काठमाडौंमा छन्।

सरकार फेरवदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो।

मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका छन्। भेटकामा पार्टीको राजनैतिक अवस्था र सुदूरपश्चिम सरकारबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए।

केहि दिनयता सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे छलफल चलाएको छ।

केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु गरेको छ।

जसका कारण प्रचण्ड र भट्टको भेटवार्तालाई चासोका रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर