६ श्रावन २०७८, बुधवार

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दुवै सामाजिक सञ्जाल ट्विटरमा सक्रिय व्यक्ति हुन् ।

https://amzn.to/4myfPN5

भट्टराईको ट्विटको प्रतिवादमा उत्रिएका छन्, थापा । भट्टराईले सेयर गरेको भारतीय एउटा स्टाटस सहितको तस्बिरलाई जवाफ दिने क्रममा थापाले कडा प्रतिक्रिया दिएका हुन् ।

बुधबार बिहान भट्टराईले डा. योगि आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको फोटो सेयर गरे । जसमा लेखिएको थियो, ‘विश्वास खतरा चिज हो । जसले खोलामा दुध बगाएर मुत्र पिउने बनाउँछ ।’

भट्टराईले उक्त स्टाटस सहितको ट्विटलाई  आफ्नो वालमा सेयर गरेका थिए ।

जसको जवाफमा थापाले  लेखेका छन्, ‘आगोसँग खेल्ने प्रयास नगर्नुहोला मेरो सहपाठी ।’ ‘योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ, तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??’

प्रतिक्रिया

सम्बन्धित खवर