
६ श्रावन २०७८, बुधवार
नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेमा प्रदेश १ मा १ हजार ३११, प्रदेश २ मा ७३८, वाग्मतीमा ४ हजार ८६, गण्डकीमा १ हजार ९, लुम्बिनीमा १ हजार ५७८, कर्णालीमा ४१७ र सुदूरपश्चिम प्रदेशमा ४४३ जना छन् ।
कोभिड–१९ बाट हालसम्म मृत्यु भएकामध्ये झण्डै एक तिहाइ काठमाडौं उपत्यकाका नागरिक छन् । काठमाडौंमा हालसम्म २ हजार ८८० जनाको मृत्यु भएको छ ।
त्यसैगरी सक्रिय संक्रमितको संख्या प्रदेश २ मा १ हजार ५४०, गण्डकीमा ३ हजार ६५८, लुम्बिनीमा २ हजार ५९८, कर्णालीमा १ हजार २५५ र सुदूरपश्चिम प्रदेशमा १ हजार २७९ रहेको छ । वाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ७ हजार ९५ रहेको मन्त्रालयको तथ्यांक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)का अनुसार अहिले दैनिक सरदर मृत्युदर २६ जना रहेको छ ।