
६ श्रावन २०७८, बुधवार
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एमालेको माधव नेपाल समूह पनि सरकारमा जाने भएको छ ।
नेपाल समुहले ६ मन्त्रालयमा माग गरेको छ । तर धेरै दल सहभागी हुने सरकारमा मन्त्रालयको टुंगो भने लागेको छैन ।
माधव पक्षका नेता मेटमणी चौधरीले आफुहरु सरकारमा सहभागी हुने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् ।
त्यसका बारेमा औपचारीक निर्णय लिन समुहको बैठक बस्दैछ ।
चौधरीले आफुहरुले ६ मन्त्रालयमा दावी गरेको भएपनि मन्त्रालयको टुंगो भने नलागेको बताएका छन् ।