५ श्रावन २०७८, मंगलवार
कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)का २२ सांसदसहित १६५ सांसदको समर्थन पाएका देउवालाई मन्त्रिपरिषद् विस्तार भने कम चुनौतीपूर्ण छैन ।
मन्त्रिपरिषद् विस्तारका लागि उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल थालेका छन् ।
हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त भइसकेका छन् ।