५ श्रावन २०७८, मंगलवार

धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।

https://amzn.to/4myfPN5

झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

उपमहानगरपालिका ३ को हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो।

झडपका क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए। पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर