५ श्रावन २०७८, मंगलवार

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । यस पर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्यका माण्दण्ड पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर