५ श्रावन २०७८, मंगलवार

मंगलबार गण्डकी प्रदेशमा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको  विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा  ४३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका १७९ जना, तनहुँका २० जना, गोरखाका २० जना, लमजुङका २५ जना, नवलपुरका ७४ जना र स्याङ्गजाका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका ६१ जना, म्याग्दीका २० जना र मनाङ जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

मंगलबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्कीका चार जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर