५ श्रावन २०७८, मंगलवार
नेकपा एमाले नेता महेश बस्नेतले माधव नेपाल समूहका नेताहरुलाई पार्टी छाडेर जान आग्रह गर्दै सम्मानजनक बिदाई गर्ने बताएका छन्।
राष्ट्रिय युवा संघको विशेष प्रदेशको विस्तारित भेलामा बोल्दै बस्नेतले नेता नेपाललाई एमालेमा गद्दारी गरेर बस्नुभन्दा पार्टी छाडेर जान सुझाव दिए।“एमाले छोड्नुहोस् हामी पुत्ला जलाउदैनौं,सम्मान गरेर बिदा गर्छौं।
तर पार्टीमै बसेर एमाले बर्बाद गर्न लाग्ने हो भने युथ फोर्सले तह लगाउँछ।”बस्नेतले भने।