५ श्रावन २०७८, मंगलवार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र समसामयिक राजनीतिको बारेमा छलफल गर्न लागिएको बताइएको छ ।

भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतपछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुन सक्ने बुझिएको छ ।

आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटेर सरकार विस्तार र सञ्चालनको बारेमा छलफल गरेकाले नेपालले सांसदहरूबाट यस विषयमा पनि राय लिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर