५ श्रावन २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेत्रविक्रम चन्द विप्लव र नेकपाका नेताहरुबीच ओली निवास वालकोट पुगेका छन् ।
भेटमा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीसँग विगतमा भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो ।

गत फागुन १ गते ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर विप्लव भूमिगत गतिविधिबाट मूलधारमा आएका थिए ।

तर उक्त सहमति अनुसार विप्लवका नेता(कार्यकर्ताहरु अझै पनि जेलबाट नछुटेको भन्दै ओलीसँग गुनासो गरिएको भेटमा सहभागी एक नेताले बताए । तर अध्यक्ष ओलीले भने कानूनी जटिलताका कारण सहमति पालनामा ढिलाइ भएको बताए ।

पछिल्लो समय विप्लव प्रमुख राजनीतिक दलका नेताहरु तथा पूर्व सहकर्मीहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर