दिनेश खड्का खप्तडि
क्वालालम्पुर मलेसिया

५ श्रावन २०७८, मंगलवार

गैर आवसिय नेपाली संघ एनआरएनए मलेसियाको निर्वाचन गराउन गठित निर्वाचन समितीले हात झिकेपछि एनआरएनए मलेसियाको निर्वाचन प्रभावित हुने भएको छ ।
संस्था भित्र देखिएको आपसीकलहका कारण हो या निर्वाचन समितीलाई निस्पक्ष कार्य गर्न नदिएर निर्वाचन समिति विघटन भएको हो खूल्न सकेको छैन ।
नाम नखुलाउने सर्तमा एक विश्वस्त श्रोतले भन्यो निर्वाचन समितीले ब्यक्तिको कागजपत्र अध्यागमनले जस्तै छानविन गर्दै वाहिर सार्वजनिक गरिदिएको कारण अहिलेको अवस्थामा आएको हो ।


तर अर्का मलेसिया एनआरएनलाई राम्ररी वुझेका भन्छन त्यहाँ पैसाको चलखेल धेरै हुने गर्दछ,केहि उम्मेदवारहरुले धेरै पंजीकृत सदस्यहरुको पैसा राखिदिएका छन तर माहोल अर्कै वन्न थालेपछि निर्वाचन समितीलाई दवाव दिएपछि निर्वाचन समितीले वाध्य भएर छाडन परेका हुन । निश्पक्ष चुनावको लागि केन्द्रलेनै हस्तक्षेप गर्नुपर्छ ।

निर्वाचन समितीनै भगं भएपछि अव शुरु देखि नै उम्मेदवारी दिन पाउनु पर्छ भन्ने अर्काथरीले तर्क अगाडि सारेका छन । उनीहरु भन्छन पैसाले एनआरएन हु भन्नेहरुलाई यसले राम्रो पाठ सिकाउने छ । निर्वाचन समिती नै नभएपछि अव पुन निर्वाचनको प्रकृया शुरु गर्नुपछ ।

निर्वाचन समिति विघटन भैसकेपछि केन्द्रलाई जानकारी गराउदै मनोनयन झिकिसकेको श्रोत वताउछ । उनी भन्छन धेरैले आफनो उम्मेदवारी फिर्ता लिईसकेका छन अव दिउसो सवैजना निविरोध भएको घोषणा गर्नेछन ।

मनोनयन फिर्ता गर्ने दिन लाई एक दिन सारेर उम्मेदवारीहरुको नामावली प्रकाशित गर्ने वेलैमा निर्वाचन समितीले हात झिकेपछि थपिएको अन्यौलले मलेसिया एनआरएनलाई थप जटिलता तर्फ लगेको छ ।

निर्वाचन तालिका अनुसार १८ जुलाई २०२१ साँझ ५ बजे सम्म उम्मदेवारी फिर्ता गर्ने समयदिएको समितिले एकाएक समय थपेर १९ जुलाई २०२१ दिउसो १२ वजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने सुचना जारी गरेको थियो ।

जुलाई १९ तारिखमै केहि समय पछाडिनै उम्मेदवारहरुको अन्तिम सुची प्रकाशन गर्ने निर्वाचन समितिले जारी गरेको गरेको थियो ।
त्यसको दुईघण्टा भित्रैमा  केहि समय धैर्य गरिदिनु होला धन्यवाद  भनेर एनआरएनको आधिकारीक फेशवुकमा लेखेको थियो ।

तर त्यसको आधा घण्टा नपुग्दै पुन सुचना प्रकाशित गरि निर्वाचन कमिटि विघटन भएको जानकारी केन्द्रिय कार्यसमितीलाई गराएपछि मलेसिया एनआरएनलाई सवैले प्रश्न गर्न थालेका छन ।

यहि अन्योलताको विचमा आज दिउसो जुम मिटिगको आयोजना हुने भएको एक सदस्यले जानकारी गराए ।

निर्वाचन समिति विघटन भएको जानकारी गराएको केहि घण्टामै मलेसिया एनआरएनमा निर्विरोधको माहोल वन्दै गएको छ ।

विवाद भन्दा पनि समस्याको हल कसरी गर्ने भनेर लागिरहेका छौ यसले राम्रो सन्देश पनि दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर