४ श्रावन २०७८, सोमवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘विषवृक्ष’को संज्ञा दिएक छन्।

पार्टी विवाद मिलाउन गठित कार्यदलको तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढेको अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा आक्रोशित हुँदै भने, ‘पार्टीमा उहाँ (माधव) लाई सम्मान भएन रे। विषवृक्षलाई अझै सम्मान?’

नेता नेपालसहित ओली पक्षका ८ र माधव समूहका १४ गरी २२ सांसदले आइतबार ‘फ्लोर क्रस’ गरेर देउवालाई विश्वासको मत दिएका थिए। अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार बहिगर्मनपछि बनेको गठबन्धनको सरकारलाई टालाटुलीको संज्ञा दिइरहे।

‘अब सत्ताको दुरुपयोग गरेर हामी ममाथि हमला सुरु गर्छन्। देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइ कलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार हो’ ओलीको भनाइ थियो।

ओलीले आफ्नो पंक्तिमाथि षडयन्त्र र आक्रमण हुनसक्ने आकलन गरे।  कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाउन भ्याए।

ओलीको ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै भने, ‘माओवादी शिथिल छ। नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो। हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो। विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्नु तयार हुनुपर्दछ।’

जन दबाबबाट प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गरेर आफ्नो कार्यकालमा भएको राम्रो कामको प्रचार गर्न निर्देशन दिए। गठबन्धनबाट बनेका देउवा सरकारको सरकारको भण्डाफोरमा लाग्नुपर्ने उनको भनाइ थियो।

पार्टी एकताको लागि विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमति नेता नेपालले स्वीकार नगरेको बताए।

‘हामीले १० बुँदे स्वीकार गरेर पार्टीको दशौँ केन्द्रीय कमिटीको बैठक राखेका छौँ। माधव नेपालले मानेन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने आयो। कोटेश्वर घर पुगेका कार्यदललाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो।’

अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएका उपाध्यक्ष भीम रावलले देउवालाई विश्वासको मत नहालौँ पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ थियो।

राजीनामा फिर्ता गराउन आग्रह 

ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको? सल्लाह गर्नु पर्ने? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू।’

एमाले चिचिलो काँक्रोजस्तो अरुले औँला ठडाएर देखाउँदा झरेर जाने चिज नभएकाले जनताको अपार समर्थन भएको पार्टी दाबी गरिरहे। ओलीले नेता नेपालप्रति आक्रोशित हुँदै कम्युनिष्ट आन्दोलनको गद्दारी भएको आरोप लगाए।

गल्ती स्वीकारेर फर्कनेलाई अवसर

बैठकले फ्लोर क्रस गर्ने २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ।  बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीको भनाइ छ।

त्यसो त बैठकमा ओलीले पार्टीभित्र घात गर्नेलाई पार्टीमा फर्काउन नचाहेको स्पष्ट पारे। नेता नेपाल समूह पार्टीमा नफर्किने निष्कर्ष निकालेको एमालेले फ्लोर क्रस गरेका २२ सांसदबाहेक नेताहरूलाई समेटेर पार्टीलाई बढाउने रणनीति बनाएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर