३ श्रावन २०७८, आइतवार

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् ।

सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए । देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो।

विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर