३ श्रावन २०७८, आइतवार

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादु्र देउवाले आजै विश्वासको मत लिने तयारी गरेको बेला रावलले प्रतिनिधि सभा सदस्य पद बाट राजीनामा दिएका हुन्।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै देश र जनविरोधी राजनीतिको मतियारबाट टाढा हुन राजीनामा दिएको बताएका छन्।

उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर