३ श्रावन २०७८, आइतवार

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

ठाकुर समूहका एक नेताले प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए ।

जसपाकै उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई मत दिने निर्णय गरिसकेको छ । हाल जसपाका ३२ जना सांसदमध्ये यादव समूहमा १८ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर