३ श्रावन २०७८, आइतवार

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरू भएको छ ।

अपराह्न ४ बजे बस्ने कार्यक्रम तय भएपनि करिब ४५ मिनेट ढिला गरी बैठक शुरू भएको हो ।

संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।

सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर