३ श्रावन २०७८, आइतवार

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

बरिष्ठ नेता नेपाल जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने अडानमा रहेपछि सो समुहका प्रभावशाली नेता रावलले सांसद पदबाटै राजीनामा दिने निर्णय गरेका हुन ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर