३ श्रावन २०७८, आइतवार

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसको स्थायी कमिटीको बैठकले आज षडयन्त्रपूर्वक ढंगले विश्वासको मत लिन लागेको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

पार्टीको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर