३ श्रावन २०७८, आइतवार

एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । ‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिने भन्ने हुन्छ ।’उनले भनिन्,

नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताईन् । उनले संविधानको धारा ७६(५) पछि अर्को सरकार गठनको परिकल्पना संविधानले नगरेको भन्दै मध्यवाधी चुनाव नभएर संसदले पुर्ण कार्यकाल काम गर्नुपर्ने आफ्नो समूहको मान्यताका आधारमा देउवालाई विश्वासको मत दिने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर