
३ श्रावन २०७८, आइतवार
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विरुद्धको खोप कार्यक्रममा विवाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको छ ।
खोप कार्यक्रम स्थगित भएपछि अस्पतालका लागि आएका २ हजार डोज खोपमध्ये एक सय ८४ डोज खोप नलगाई फर्काइएको छ ।
अभियान रोकिएपछि शनिवार विहानै देखि खोप लगाउन हातमा परिचय पत्र बोकेर लाइन लागेको धेरै व्यक्तिहरुले खोप नपाएर फर्कनु परेको थियो ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले शनिबार वैदेशिक रोजगारमा जानेहरुका लागि मात्रै अस्पतालको खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरिएकोमा अरु समूहका व्यक्तिहरु खोप लगाउन आएपछि समस्या आएको बताए ।