२ श्रावन २०७८, शनिवार

नेपालमा रोजगारीको सृजना छैन । वाध्य भएर पनि हामि नेपाली विदेशमा काम गर्न जान परिरहेको छ । ब्यक्तिगत डिमाण्ड झिकाएर जाने थोरै भएपनि विदेश जादा मेनपावरको भर पर्नैपर्ने हुन्छ ।

आज हामिले कुन मेनपावरले कति कामदार विदेश पठाए त्यसको वारेमा जानकारी दिदैछौ ।
वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७७र०७८ को प्रगति विवरण अनुसार गत वर्ष वैदेशिक रोजगारीमा पठाएकामध्ये कतारमा कामदार पठाउने कम्पनीहरु अग्रस्थानमा देखिएका हुन् ।

गत वर्ष ९ वटा म्यानपावर कम्पनीले मात्र एक हजार बढी कामदार पठाउन सकेका छन् ।

विभागका अनुसार एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा।लि। सबैभन्दा धेरै कामदार पठाएर सूचीको शीर्ष स्थानमा रहेको छ ।उक्त कम्पनीले ४७ महिलासहित २ हजार ४ सय ९४ जना कामदार पठाएको छ ।

दोश्रो स्थानमा रहेको सान नेपाल प्रा।लि।ले २ हजार १ सय ७२ जना कामदार पठाएको छ ।

तेश्रो स्थानमा रहेको स्काइ स्टार रिक्रुटमेन्ट प्रा।लि।ले १ हजार ४ सय ६२ जना कामदार पठाएको छ ।

चौथो नम्बरमा रहेको प्याराडाईज इन्टरनेशनल प्रा।लि।ले ३ सय ४ जना महिलासहित १ हजार ४ सय ४५ जना कामदार पठाएको छ ।

पाँचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसेस प्रा।लि।ले १ हजार ४ सय २९ जना कामदार पठाएको छ ।

छैठौं नम्बरमा रहेको भिजन एण्ड भ्यालु ओभरसीज प्रा।लि।ले १ हजार ३ सय ५५ जना कामदार पठाएको छ ।

सातौं नम्बरमा रहेको दि रिभर ओभरसीज प्रा।लि।ले २ सय ७४ महिलासहित १ हजार ३ सय १० जना कामदार पठाएको छ ।

आठौं नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा।लि।ले १ हजार २ सय ३३ जना कामदार पठाएको छ ।

नवौं नम्बरमा रहेको अल समित म्यानपावर कम्पनी प्रा।लि।ले १ हजार १ सय ३९ जना कामदार पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर